होमपेज > चालु आर्थिक वर्षका लागि आज ल्याउने तयारी भएको मौद्रिक नीति सार्वजनिक नहुने

चालु आर्थिक वर्षका लागि आज ल्याउने तयारी भएको मौद्रिक नीति सार्वजनिक नहुने

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आज सार्वजनिक गर्ने कार्यक्रम रोकिएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले हिजो पारित गरेको मौद्रिक नीति आज बिहान सञ्चालक समितिले अनुमोदन गरेपछि दिउँसो सार्वजनिक गर्ने तयारी थियो ।

बिज्ञापन

आज राष्ट्र बैंक सञ्चालक समितिको वैठक बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ । तर, मौद्रिक नीति सार्वजनिक हुने सम्भावना टरेको स्रोतले बतायो । मौद्रिक नीति पारित गर्ने एजेन्डा आजको वैठकबाट हटाइएको समेत स्रोतको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै आफ्नो आफ्नो आर्थिक सल्लाहकारमा डा‍.युवराज खतिवडालाई नियुक्त गरेका थिए । हिजै प्रधानन्त्री केपी शर्मा ओली र डा. खतिवडाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर मौद्रिक नीतिको व्रिफिङ लिएका थिए ।

बिज्ञापन

सोही व्रिफिङमा डा। खतिवडाले केही संसोधनको आवश्यकता औंल्याएको स्रोत बताउँछ । राष्ट्र बैंकका भुतपुर्व गभर्नर समेत रहेका डा. खतिवडा मौद्रिक नीतिका विज्ञ हुन् । नेपाल प्रेससँग कुरा गर्दै डा. खतिवडाले मौद्रिक नीति रोक्न आफूले निर्देशन नदिएको बताए । यद्यपि, नयाँ बनेको सरकारले आफ्ना कुराहरु समावेश गर्न चाहनु स्वभाविक हुने उनको प्रतिक्रिया छ ।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले नवनिर्मित केन्द्रीय कार्यालय भवनको सभाहलमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको थियो । १० वर्षपछि आफ्नै भवनमा राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते