होमपेज > ११ महिनामा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब बढीको कारोबार

११ महिनामा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब बढीको कारोबार

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको ११ महिनामा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब बढीको भुक्तानी कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म २ करोड ४३ लाख ६३ हजार ७७६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।

बिज्ञापन

यो अघिल्लो महिनाको तुलनामा १५ अर्ब २२ करोड ९० लाख रुपैयाँले बढी हो । २०८१ वैशाख मसान्तसम्म २ करोड ३७ लाख ९७ हजार ६८० मोबाइल प्रयोगकर्ताहरू मार्फत ३ खर्ब ३६ अर्ब ५ करोड ८० लाख रुपैयाँ कारोबार (ट्रान्जेक्सन) भएको थियो ।

बिज्ञापन

तथापि, यसै अवधिमा यता अन्य भुक्तानी साधनहरू वालेटहरूबाट भने जम्मा २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको मात्र भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । यो २ करोड ३० लाख ३८ हजार २४० वालेट सेवा प्रयोगकर्ताहरूबाट भएको भुक्तानी कारोबार हो । तुलनात्मक रूपमा मोबाइल बैङ्किङ प्रयोगकर्ता र अन्य भुक्तानी साधन वालेट प्रयोगकर्ताहरूको सङ्ख्यामा केही हजारले मात्र तलमाथि भए पनि ठुलो भुक्तानी कारोबार भने मोबाइल बैङ्किङमार्फत नै हुने गरेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैङ्कका अनुसार वालेटको तुलनामा झन्डै १२ गुणा बढी भुक्तानी कारोबार मोबाइल बैङ्किङमार्फत हुने गरेको छ ।

अन्य भुक्तानी साधनहरू

बिज्ञापन

राष्ट्र बैङ्कका अनुसार सबैभन्दा बढी कनेक्ट आईपीएसमार्फत समीक्षा अवधिमा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । यसैगरी ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) मार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँ, रियल टाइम ग्रस सेटलमेन्ट ९आरटीजीएस० मार्फत ३ खर्ब ४६ अर्ब १५ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन् ।

यसैगरी एटीएम कार्डमार्फत ९१ अर्ब ९० लाख रुपैयाँ भुक्तानी कारोबार भएकोमा डेबिटकार्ड र क्रेडिटकार्ड मार्फत क्रमशः ९४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ र २ अर्ब ३ करोड ५० लाख रुपैयाँ कारोबार भएका छन् । यसैगरी समीक्षा अवधिमा इन्टरनेट बैङ्किङ सेवामार्फत १६ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते