होमपेज > दोब्बरले बढ्यो वैदेशिक लगानी

दोब्बरले बढ्यो वैदेशिक लगानी

बिज्ञापन
बिज्ञापन

चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो ।

बिज्ञापन

गत आवको ११ महिनाको तुुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नीतिगत सुुधारसँगै चालुु आवको सुरुदेखि नै विदेशी लगानी बढ्दै गएको तथ्याङ्कले देखाएको छ । ११ महिनामा पुुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई पाँच अर्ब ४६ करोड कायम भएको छ । गत वर्ष सो अवधिमा पुुँजीगत ट्रान्सफर सात अर्ब ३५ करोड कायम रहेको थियो ।

बिज्ञापन

चालुु आवको ११ महिनामा ४४ अर्ब ३४ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत आवमा ३८ अर्ब लगानी प्रतिबद्धता आएको थियो । ११ महिनामा ३१९ वटा परियोजनामार्फत कुुल ४४ अर्ब ४१ करोड ९८ लाख २६ हजार वैदेशिक लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै चीनबाट २३३ परियोजनामा २१ अर्ब १४ करोड ५६ लाख चार हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ । यस्तै दोस्रोमा कोरियाबाट १६ वटा परियोजनामा १२ अर्ब ९६ करोड १० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको छ ।

भारतबाट १८ वटा परियोजनाबाट दुुई अर्ब ७३ करोड ४६ लाख ५५ हजार रुपियाँको वैदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै अमेरिकाबाट १५ वटा परियोजनामार्फत एक अर्ब ५१ करोड ९३ लाख ९८ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । हङकङबाट दुई वटा परियोजनामा ४२ करोड, सिँगापुरबाट तीन वटा परियोजनामार्फत एक अर्ब ४१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । युुनाइटेड अरब इमिरेट्सबाट दुुई वटा परियोजनामार्फत ५० करोड रुपियाँ, नेदरल्यान्ड्सबाट तीन वटा परियोजनामा ११ करोड ४४ लाख रुपियाँ, भियतनामबाट दुुई वटा परियोजनामार्फत ३० करोड रुपियाँ लगानी प्रतिबद्धता आएकोे विभागले जनाएको छ ।

बिज्ञापन

वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योग आठ खानिजजन्य तीन र ऊर्जामा एकमा विदेशी लगानी आएको छ । ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आउने गरेको उहाँको भनाइ छ ।

विभागका अनुसार विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार २१९ परियोजनामा चार खर्ब ९४ अर्ब ४० करोड ८७ लाख ५७ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । मुुलुकमा लगानी गर्छुु भनेर प्रतिबद्धता गर्ने तर सो अनुसार न्यूून मात्र लगानी भित्रिने गरेको बताइएको छ । लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत वैदेशिक लगानी नेपाल भित्रिने गरेको बताएको छ

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते