होमपेज > राजस्व अनुसन्धान विभागले माग्यो विद्युतीय सवारीको आयातसँग सम्बन्धित सम्पूर्ण कागजात

राजस्व अनुसन्धान विभागले माग्यो विद्युतीय सवारीको आयातसँग सम्बन्धित सम्पूर्ण कागजात

बिज्ञापन
बिज्ञापन

राजस्व अनुसन्धान विभागले विद्युतीय सवारी साधन (ईभी)को आयातसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको छ । आयात–निर्यातसँग सम्बन्धित निकाय भन्सार विभागलाई पत्र लेख्दै विद्युतीय सवारी आयातकर्ताले आयातका क्रममा बुझाएको सम्पूर्ण विवरण उपलब्ध गराउन भनेको हो ।

बिज्ञापन

विद्युतीय सवारी साधनले कर छली गरेर राज्यलाई अर्बौं रुपैयाँको हानि नोक्सानी गराएको आरोप छ । भन्सार विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्का गर्दै तातोपानी र रसुवा भन्सार कार्यालयलाई पत्र लेखेको थियो । त्यसपछि विद्युतीय सवारीले भन्सार छली गरेको आरोपमाथि अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ । राजस्व अनुसन्धान विभागले एक महिना यता विद्युतीय सवारी साधनले कर छली गरे–नगरेको विषयमा छानबिन गर्दै आएको छ । विभागसँग कुनै पनि विषयमाथि ६ महिनासम्ममा छानबिन गर्न सक्ने अधिकार छ ।

बिज्ञापन

‘यतिबेला हामीले छानबिन गरिरहेका छौँ । एउटा कम्पनीबाट कागजपत्र लिएका छौँ र आवश्यकताअनुसार थप कागज पनि मगाइरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक कर्मचारीले भने । सम्बन्धित कम्पनीबाट आएको कागजात हेरेपछि भन्सार विभागसँग थप कागजात माग गरिएको छ । राजस्व अनुसन्धान विभागले भन्सार विभागलाई लेखेको पत्रमा आयातीत विद्युतीय सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता खुलाइदिन भनिएको छ । यस्तै कुन ब्राण्डको कति विद्युतीय सवारी साधन आएको भन्ने तथ्यसमेत राख्न राजस्वले भन्सारलाई लेखेको पत्रमा उल्लेख छ ।

‘हामीले भन्सार विभागलाई लेखेको पत्रको जवाफ आइसकेको छैन । भन्सार विभागले हाम्रो माग बमोजिमको विवरण तयार गर्दै छ,’ ती कर्मचारीले भने, ‘अबको दुई–चार दिनमा भन्सारबाट सम्पूर्ण विवरण आउँछ ।’ राजस्व विभागले निरन्तर भन्सार विभागसँग समन्वय गरिरहेको र राजस्वको मागबमोजिम कागजात आएपछि थप अनुसन्धान अघि बढ्ने ती कर्मचारीले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते