दोहोरो अंकले बढेको बजारमा पाँच कम्पनीको शेयरमा सर्किट लाग्यो
बिज्ञापन
काठमाडौं । साताको कारोबारको तेस्रोे दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.७९ अंकले बढेर दुई हजार एक सय दशमलब ५२ दशमलब १४ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार आठ सय ६७ सय पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त संस्थाको १० प्रतिशतले बढेर दुई हजार ५ यस ५९ रुपैयाँ पुुगेको छ ।
बिज्ञापन
त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको ९.९१ प्रतिशतले बढेर शेयर मूल्य ७ सय ४२ पुगेको छ । भने युनिक नेपाल लघुवित्त संस्थाको शेयर मूल्यमा ९.७९ प्रतिशतले बढेर शेयर मूल्य दुई हजार २ सय १० रुपैयाँ पुगेको छ । सबैको लघुवित्तको शेयरमा पनि ९.१५ प्रतिशतको पोजेटिभ सर्किट लागेर शेयर मूल्य एक हजार ६८ रुपैयाँ पुगेको छ ।








