सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ ।
बिज्ञापन
कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन्। सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्न सक्नेछन् ।
बिज्ञापन
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।








