लक्ष्मी सनराइज बैंकले ठूलो परिमाणमा संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
बिज्ञापन
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन दिनुपर्नेछ । त्यस्तै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका लागि कुनै लिखित निवेदन पेस हुन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।








