होमपेज > काठमाडौंमा आज वर्षकै सबैभन्दा उच्च गर्मी, कहाँ कति पुग्यो तापक्रम?

काठमाडौंमा आज वर्षकै सबैभन्दा उच्च गर्मी, कहाँ कति पुग्यो तापक्रम?

बिज्ञापन
बिज्ञापन

काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन भएको छ।

बिज्ञापन

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरेको छ। मौसविद् मीनकुमार अर्यालका अनुसार आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा बढी हो। जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम २०४६ वैशाख २५ गते ३६.६ डिग्री सेल्सियस मापन भएको थियो।

बिज्ञापन

कठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम २०४६ वैशाख २५ गते ३६.६ डिग्री सेल्सियस मापन भएको थियो। पूर्वी भूभागसम्म आएको मनसुन नफैलिएका कारण काठमाडौं लगायत पश्चिमी भूभागहरूमा तापक्रम बढेको अर्यालले बताए। शनिबार लुम्बिनी र सुदूरपश्चिमका तराईका थुप्रै भूभागहरूमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। दिपायलमा ४२ डिग्री सेल्सियस, वीरेन्द्रनगरमा ४०.६ डिग्री सेल्सियस, धनगढीमा ४२.७ डिग्री सेल्सियस, नेपालगन्जमा ४२.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ। तापक्रम ४० भन्दा बढी रहेका पश्चिम तराईका भूभागहरुमा मौसम पूर्वानुमान महाशाखाले तातो हावाको चेतावनी दिएको छ।

यी स्थानहरूमा भोलि पनि तापक्रम उच्च नै रहने मौसमविद अर्यालले बताए। काठमाडौंमा भने भोलिदेखि तापक्रम केही घट्न सक्ने उनले बताए। ‘काठमाडौंमा भोलिदेखि बादलहरू आउने र तापक्रम केही घट्ने सम्भावना छ,’ उनले भने। अर्यालका अनुसार मनसुनको प्रभाव रहेको पूर्वी भूभागमा पनि कम पानी परेको छ। त्यहाँ रहेको मनसुन पश्चिमतिर बढ्न नसक्दा पश्चिमी भूभागहरूमा पनि पानी नपरेकाले गर्मी बढेको छ।

बिज्ञापन

‘बादलहरू आएको जस्तो भएपनि जलवाष्पयुक्त हावा ल्याउन सकेको छैन। पूर्व र पश्चिमको वायुबीच अहिले लडाइँ चलिरहेको छ,’ अर्यालले भने। नेपालमा जेठ २८ गते मनसुन भित्रिएको थियो। मनसुन देशभर फैलिनका लागि पश्चिमी भूभागमा हुने पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ। त्यसो नहुँदा मनसुन देशभर फैलिन अझै समय लाग्ने देखिएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते