होमपेज > संखुवासभामा वर्षासँगै आएको बाढी र पहिरोले तीन घर र एक गोठ बगायो

संखुवासभामा वर्षासँगै आएको बाढी र पहिरोले तीन घर र एक गोठ बगायो

बिज्ञापन
बिज्ञापन

संखुवासभाको खाँदवारी नगरपालिका- ११ मा पहिरोले तीन घर र एक गोठ बगाएको छ।

बिज्ञापन

बुधबार राति वर्षासँगै अरूण नदीको बहाव बढेर मावाखोलामा बढेपछि पहिरोले तीन घर र एक गोठ बगाएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घर बगाउँदा मणिप्रसाद राई घाइते भएका छन्। उनको घुँडामा चोट लागेको छ। उनको ढुंगा र माटोले बनेको जस्ताको छानो भएको एकतले घर पनि बगाएको थियो।

बिज्ञापन

उनीसँगै सोही वडाका रामप्रसाद राई, दिलबहादुर राईको घर पनि बगाएको छ भने रत्नबहादुर राईको गोठ बगाएको प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए। ‘पूर्व जानकारी भएकाले ठूलो मानवीय क्षति भएको छैन,’ उनले भने, ‘स्थानीयले खाद्यान्न र गाइवस्तु अन्य ठाउँमा सारिसकेका थिए।’ उनका अनुसार जोखिम क्षेत्रआसपासमा मानिसहरू बर्खा सुरू भएसँगै अन्य ठाउँमा गइसकेका हुन्छन्। त्यसैले भौतिक क्षतिमात्र भएको हो

गएरातिको पानीले घरसँगै चन्दनपुरबाट चिचिला गाउँपालिका तर्फ जाने काठेपुल पनि बगाएको उनले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते