होमपेज > दश महिनामा बैंकहरुले कमाए ५३ अर्बभन्दा बढी नाफा, कुन बैंकले कमायाे कति?

दश महिनामा बैंकहरुले कमाए ५३ अर्बभन्दा बढी नाफा, कुन बैंकले कमायाे कति?

बिज्ञापन
बिज्ञापन

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६१ खर्ब ९० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेप संकलन ६१ खर्ब ९० अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको हो ।

बिज्ञापन

यो अघिल्लो महिनाको तुलनामा २६ अर्ब ५० करोड ३० लाख रुपैयाँले बढी हो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ६३ अर्ब ५१ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, निक्षेपको आकार बढ्दै गर्दा यता बैंकहरुको लगानीको ग्राफ भने खासै बढ्न सकेको छैन । राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा कर्जा लगानी ०.२७ प्रतिशतले घटेर जम्मा ५१ खर्ब ११ अर्ब ७० करोड ६० लाख रुपैयाँ मात्र लगानी गर्न सकेका छन् । जबकि अघिल्लो चैत महिनासम्ममा नै बैंकहरुले ६१ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गर्दै ५१ खर्ब २५ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।

बिज्ञापन

समीक्षा अवधिमा लगानी बढाउन नसकिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूमाथि थप खराब कर्जाको दबाब परेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा (एनपीएल) दर ३.९८ प्रतिशत पुगेको छ । अघिल्लो महिना यस्तो एनपीएल दर ३.९६ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले राखेको दर अनुसार बैंक तथा वित्तीय संस्थाहरूले गरेका कूल लगानीको ५ प्रतिशत भन्दा तलको खराब कर्जालाई सामान्य मानिन्छ ।

दश महिनामा बैंकहरुले कमाए ५३ अर्ब नाफा

बिज्ञापन

उसो त खराब कर्जा र लगानीको चापकाबिच आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब बढी नाफा कमाउन सफल भएका छन् । राष्ट्र बैंकको रिपोर्ट अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५३ अर्ब ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो महिनाको तुलनामा १६.८४ प्रतिशतको वृद्धि हो । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका थिए । समीक्षा अवधिमा वाणिज्य बैंकहरु एक्लैले ४८ अर्ब ६० करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् भने विकास बैंकहरुले ४ अर्ब १७ करोड ७० लाख रुपैयाँ र अन्य फाइनान्स कम्पनीहरूले २९ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते