होमपेज > सेयर बजार दोहोरो अंकले वृद्धि, साढे ५ अर्बको कारोबार

सेयर बजार दोहोरो अंकले वृद्धि, साढे ५ अर्बको कारोबार

बिज्ञापन
बिज्ञापन

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा कायम भएको छ ।

बिज्ञापन

आज नेप्से १.५९ प्रतिशतले बढेको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३११ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । हिजो ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २०३ कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने २ को स्थिर रह्यो । आज पनि हाइड्रोपावर समूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढेको छ । हिजो पनि यस समूह २ प्रतिशतले बढेको थियो । हाइड्रोपावर समूहको सेयर ६६.७१ अकंले बढेर २६४४.५३ बिन्दुमा पुगेको छ । आज १३ वटै सूचकमा हरियाली छाएको छ । आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको सामलिङ पावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ५.८१ प्रतिशत घटेको छ ।

बिज्ञापन

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते