होमपेज > विद्यालयले भाडामा लगाएका सटरहरुमा बालेनले ठोक्यो ताला

विद्यालयले भाडामा लगाएका सटरहरुमा बालेनले ठोक्यो ताला

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा मेयर बालेनले ताला लगाएका छन् । विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो ।

बिज्ञापन

यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र मा. वि. ले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मा. वि. डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मा. वि. डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो । शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन । व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन् ।’ दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयहरुले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।’

‘विद्यालयहरु स्थान अभाव भएको बताउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको भन्दै आएका थिए । यसरी गुनासो गरिरहँदा आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा आएन ।’ प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेलले भने, ‘विद्यालयहरुमा विज्ञान र कम्प्युटर ल्याब बनाउनु पर्नेछ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्नेछ । भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौँ ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते