होमपेज > त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

बिज्ञापन
बिज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।

बिज्ञापन

धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि उक्त कात्तिकदेखि चैतसम्म राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजनाअन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको बताए।

बिज्ञापन

“विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुने छ । यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना जारी भइसकेको छ,” उनले भने । विमानस्थलमा हाल धावनमार्गका दुवैतर्फ नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको छ । ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तारका लागि विमानस्थल बन्द गर्न लागिएको उनले बताए ।

हाल बिहान ६ बजे खुलेर राति २ बजे बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते