होमपेज > सम्भव सिरोहियाको खुलासा – गृहमन्त्री रविले समाचार लुकाइदिन आग्रह गरेँ, नमानेपछि पक्राउ गरियो

सम्भव सिरोहियाको खुलासा – गृहमन्त्री रविले समाचार लुकाइदिन आग्रह गरेँ, नमानेपछि पक्राउ गरियो

बिज्ञापन
बिज्ञापन

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समाचार लुकाइदिन आफूहरुलाई आग्रह गरेको खुलासा गरेका छन् । एक भिडिओमार्फत उनले गृहमन्त्री लामिछानेले केस मिलाउन गरेको अनुरोध नमान्दा कैलाश सिरोहिया पक्राउ परेको खुलासा गरेका हुन् ।

बिज्ञापन

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि कैलाश पक्राउ परेको उनका छोरासमेत रहेका सम्भवले बताए ।उनले भिडियोमा भनेका छन्, ‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो। सेटिङ गरेर समाचार बन्छ । वा लुक्छ जस्तो सोच्नुभयो। उहाँलाई कति अनुरोध गरियो।

बिज्ञापन

व्यवस्थापनले समाचार लेख्दैन। सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्नबुझ्नुभएने। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरूपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो ।’नागरिकता प्रकरणमा कैलाश गत जेठ ८ गते पक्राउ परेका थिए भने जेठ १६ गते हाजिर जमानीमा छुटेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते