होमपेज > नेपाल डेरी एसोसिएसनद्धारा वक्तृत्वकला प्रतियोगिता आयोजना

नेपाल डेरी एसोसिएसनद्धारा वक्तृत्वकला प्रतियोगिता आयोजना

बिज्ञापन
बिज्ञापन

नेपाल डेरी एसोसिएसनले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । आगामी १९ गते (जुन १ तारिख) का दिन पर्ने १४औँ दुध दिवसको अवसरमा एसोसिएसनको आयोजनामा सोमबार स्वयम्भू, भगवानपाउ स्थित त्रिरत्न आवासीय विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

बिज्ञापन

प्रतियोगितामा १५ विद्यालयबाट ३० जना विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रममा उपस्थित विद्यालयहरूबाट सहभागी हुने विद्यार्थीहरू मध्यबाट उत्कृष्ट पाँच प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना पुरस्कार प्रदान गर्ने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए । सो प्रतियोगितामा मिलन धर्मस्थली स्कुलकी कृष्टिना सिम्खडा प्रथम भएकी छिन् । गोल्डेन गार्डेन स्कुलकी अमृता राना द्वितीय, पद्मकन्या माविकी मदिमा न्यौपाने तृतीय, अनमोल ज्योति स्कुलका मृदुला अर्याल र मेघा पब्लिक स्कुलका विवेक ढुंगाना सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

बिज्ञापन

एसोसिएसनका अध्यक्ष दाहालले कार्यक्रम समापनमा यस्ता कार्यक्रमहरू हरेक स्कुलमा हरेक वर्ष गर्दै जाने र स्कुलहरूमा दुध तथा दुग्ध पदार्थको वितरण गरी अन्य पेय पदार्थभन्दा दुध, मही, दही, लस्सी सेवन गर्नको लागि आह्वान गर्दै नेपाल डेरी एसोसिएसन सधैँ दुग्ध क्षेत्रको प्रवर्द्धनमा लागिरहेको बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते