होमपेज > चालु आर्थिक बर्षको १० महिनामा छ लाख नौ हजार नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिए

चालु आर्थिक बर्षको १० महिनामा छ लाख नौ हजार नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिए

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा छ लाख नौ हजार ७०५ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । बैदेशिक रोजगारी बिभागले सार्वजनिक गरेको बैशाखसम्मको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत बर्षको सोही अवधिभन्दा ७.६५ प्रतिशतले घटेको हो ।

बिज्ञापन

गत आवको सोही अवधीमा छ लाख ६० हजार २५५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आवभरमा भने सात लाख ७४ हजार ९७६ नेपाली बैदेशिक रोजगारमा गएका थिए जुन बार्षिक रुपमा हालसम्मकै उच्च संख्या हो ।

बिज्ञापन

गत आवमा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या धेरै थियो । कोरोना संक्रमण रोक्न विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण बैदेशिक रोजगारीमा जाने नेपाली कामदार यही रोकिएका थिए । तर, अवस्था सामान्य भएपछि गत आवमा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च थियो । गत आवमा मेलेसियाबाट पनि नेपाली कामदारको माग उच्च थियो । तर, यसपाली गत आवको सरह नेपाली कामदार विदेशीएका छैनन् ।

यो आव साउनमा ५५ हजार ५७५ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । त्यसपछि भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघमा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । यसैगरि फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र बैशाखमा ७० हजार ६३७ जना नेपाली वैदेशीक रोजगारीमा गएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते