होमपेज > कल्याणकारी कोष स्थापना गर्नुपर्ने भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले गरे माग

कल्याणकारी कोष स्थापना गर्नुपर्ने भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले गरे माग

बिज्ञापन
बिज्ञापन

आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट निर्माणका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारलाई विभिन्न सुझावहरू पेश गरेको छ । संगठनले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ ।

बिज्ञापन

केन्द्रीय समितिले सो कोष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको आधारभूत सेवा सुविधामा एकरूपता कायम गर्न र उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ ।

बिज्ञापन

यस्तै कल्याणकारी कोषको लागि निजामती कर्मचारी योगदान कोषमा जम्मा हुने रकम, कर्मचारीको तलबबाट ३ प्रतिशत योगदान, सरकारले योगदानको तीन गुना रकम, कर्मचारीले पाउने अन्य सुविधाबापत २० प्रतिशत रकम र विदेशी दातृ निकायबाट प्राप्त सहायता रकम समावेश गर्नुपर्ने उसको माग छ ।

संगठनले कल्याणकारी कोषबाट निजामती अस्पताललाई विस्तार गर्ने, बहुप्राविधिक महाविद्यालय सञ्चालन गर्ने, कर्मचारी सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने र कपडा उद्योग सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । केन्द्रीय समितिले कर्मचारीको तलब समायोजन गर्न पनि सरकारसँग माग गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते