मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
बिज्ञापन
विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८/०८१ को १० महिनामा रु २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सो अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व सङ्कलन हो ।
बिज्ञापन
उपमहानगरपालिकाले चालु आवमा रु ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा रु २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए।








