होमपेज > पछिल्ला दुई सातामा एनआईसी एशिया बैंकबाट कति रकम झिकियो?

पछिल्ला दुई सातामा एनआईसी एशिया बैंकबाट कति रकम झिकियो?

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एशिया बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित बैंकर्स संघको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो दुई सातामा एनआईसी एशिया बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका हुन् ।

बिज्ञापन

पछिल्लो केही समययता विश्वासको संकटमा परेको एनआईसी एशिया बैंकबाट रकम झिक्नेहरु बढिरहेका बेला बैंकले त्यस्तो नभएको दाबी गर्दै आएको भए पनि गभर्नर अधिकारी स्वयम् आफैँले एनआईसी एशिया बैंकबारे विभिन्न विषय बाहिर आएयता बैंकबाट २७ अर्ब रुपैयाँ झिकिएको बताएका हुन् ।

बिज्ञापन

सिडी रेसियोको नीतिबारे बोल्दै गभर्नर अधिकारीले भने- ‘यो अवसरमा मैले भन्नैपर्छ, एनआईसी एशिया बैंकबाट पछिल्लो समय २७ अर्ब रुपैयाँ विथड्र भयो र एनआईसी एशियालाई धेरै हदसम्म सिडीले काम गर्यो । सिडी रेसियो ९५–१०० गरेको भए त्यही लेबलको लिक्युइलिटी पुगेर बस्दैनथ्यो । अर्कै म्यानेजमेन्ट गर्नतर्फ लाग्नुपर्थ्यो ।’

महत्वपूर्ण एक्सेसिभ कर्जा गईरहेको बेलामा थप कर्जा नजानुपर्ने अवस्थामा राष्ट्र बैंकले सिडी रेसियोको नीति लिएको र धेरैले विरोधसमेत गरेको बताउँदै गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिहरुको फाइदा र प्रभावकारिता पछि मात्रै थाहा हुने पनि उल्लेख गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते