लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले आइपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
बिज्ञापन
कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो । लोअर इर्खुवाले २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ ।
बिज्ञापन
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्नेछ । यस कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।








