होमपेज > काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइराला निलम्बित

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइराला निलम्बित

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित भएका छन् । मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनी एक हप्ताका लागि निलम्बनमा परेका हुन् ।

बिज्ञापन

विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए । महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैले गरेपछि मेयर बालेन्द्र साहले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् । शिक्षा समितिको बैठक मेयरको संयोजकत्वमा बस्दछ । तर, रत्नराज्य माविको विषय कोइरालाले समितिको बैठकमा नलगी आफैले निर्णय गरेका बताइएको छ ।

बिज्ञापन

विद्यालयले यस वर्षदेखि कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु गरिसकेको छ । हाल यस संकायतर्फ कक्षा ११ मा ३० विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले बताए । उनका अनुसार विज्ञान संकाय पढाउने अनुमतिका लागि यसअघि शिक्षा विभाग प्रमुखमा रामप्रसाद सुवेदी हुँदादेखि नै प्रकृया सुरु गरी गत असारमा अनुमति मिलेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते