नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
आइतबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय २० रुपैयाँ कायम भएको छ ।








