होमपेज > बलात्कारदेखि हत्यासम्म मुछिएका एक दर्जन धर्मगुरु, धर्मको आडमा गर्छन् अपराध

बलात्कारदेखि हत्यासम्म मुछिएका एक दर्जन धर्मगुरु, धर्मको आडमा गर्छन् अपराध

बिज्ञापन
बिज्ञापन

कुनै पनि धर्म र त्यसप्रतिको आस्था आफैँमा संवदेनशील विषय हुन् । धर्मसँगै आउने निष्ठा, नैतिक आचरण र मूल्यले समाजमा आफ्नै ढंगले ‘शासन’ गरिरहेका हुन्छन् । तर, जुनसुकै धर्म अवलम्बन गरेपनि धर्मगुरुका नाममा स्वार्थ लुट्ने गिरोह बढ्दो छ । धर्मकै आडमा धन थुपार्नेदेखि यौन शोषण र हत्याजस्ता जघन्य अपराधमा धर्मगुरुहरू संलग्न हुने गरेको पाइन्छ । यो अपराध कुनै एक धर्ममा मात्र सीमित छैन । मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलगायत विभिन्न धर्मगुरु हत्या, बलात्कार, ठगीजस्ता अपराधमा मुछिने गरेका छन् ।

बिज्ञापन

धर्मको आडमा कसले के अपराध गरे ?

बिज्ञापन

१. रामबहादुर बम्जन
धर्मगुरुको नाममा अपराध गर्नेहरूमध्ये एक हुन्, रामबहादुर बम्जन । आफूलाई ‘लिटील बुद्ध’ बताउने बम्जन अनुयायीलाई हत्या, बलात्कार र बेपत्ता बनाएको आरोप मंगलबार पक्राउ परेका छन् ।

बम्जनविरुद्ध चारजना पुरुष/महिला बेपत्ता बनाएको आरोप छ । वि.सं २०७६ सालमा बम्जनका विभिन्न आश्रमबाट चार जना अनुयायी हराएको खुलेको थियो । तीन जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध निवेदन दर्ता भएका छन् । बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाइबा र फुलमाया रुम्बालाई बेपत्ता बनाएको उनीमाथि आरोप छ । त्यस्तै नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमायाँ तामाङलाई बेपत्ता बनाएको उनीमाथि आरोप लागेको छ ।

बिज्ञापन

त्यसैगरी उनलाई बलात्कार गरेको आरोप पनि लागेको छ । वि.सं २०७५ सालमा बम्जनमाथि १८ वर्षीया अनुयायीलाई दुई वर्षसम्म पटकपटक बलात्कार गरेको आरोप लागेको छ । बम्जनमाथि सात वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को आरोप पनि छ । त्यसपछि उनीमाथि विदेशी नागरिकलाई बन्धक बनाएको, वन क्षेत्रका विषयमा विवाद गरेको आरोप पनि लागेको छ ।

२. रिम्पोछे छुल्ठिम दोर्जे
२०७४ असोज १९ गते बलात्कारको आरोपमा काठमाडौंको दक्षिणकाली बोसन गाउँस्थित पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योञ्जन पक्राउ परेका थिए । झारफुक गर्न गुम्बामा आएका युवतीमाथि उनले करणी गरको आरोप लागेको थियो ।

सोही वर्षको मंसिर ५ गते उनीविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले २०७५ असोज १५ गते उनलाई साइबर अपराध मुद्दामा ५० हजार जरिवाना र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला गर्याे । २०७६ असोज २९ गते उच्च अदालत पाटनले करणीकै कसुरमा दोषी ठहर गर्दै ७ वर्ष कैद र पीडितलाई ३० लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

३. श्रीनिवास आचार्य
२०७५ चैत २५ मा मोरङको रामजानकी मन्दिरमा ‘बाल सन्त स्वामी श्रीनिवास आचार्य’ माथि गोली प्रहार भयो । घटना लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान गर्यो ।

तर, अनुसन्धानका क्रममा श्रीनिवासाचार्य आफैँले चितवन, बेलचोक घर भएका बडीगार्ड माधव चौधरीलाई आफूमाथि गोली हान्न लगाएको खुल्यो । प्रहरी अनुसन्धान अनुसार, उनले धार्मिक एजेन्डालाई उग्र बनाउन भन्दै यस्तो हर्कत गरेका थिए ।

४. बसन्त बलम्पाकी
२०७५ जेठ ५ गते बर्दिबास नगरपालिका–३ भब्सीस्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका प्रमुख पूजारी बसन्त बलम्पाकी हात हतियारसहित पक्राउ परेका थिए । भोले बाबाको भेषमा आपराधिक तथा यौनजन्य क्रियाकलाप गरेको आरोपमा उनलाई प्रहरीले चार थान खुकुरीसहित पक्राउ गरेको थियो ।

उनीमाथि झारफुकको लागि मन्दिर पुग्ने मानसिक रोगीलाई गाँजा खुवाउने, निगार खुवाउने, त्यसले नपुगे बेहोस बनाएर कुटपिट गरी उपचार गर्ने गरेको आरोप लागेको थियो । यतिमात्र होइन झारफुकको लागि मन्दिरमा पुग्ने युवतीलाई महिनौं राखेर यौन शोषण गरेको आरोप पनि लागेको छ ।

५. सिद्धबाबा रामकृष्णाचार्य
२०७६ मंसिर १६ मा अनुयायीलाई बलात्कार गरेको अभियोगमा सुनसरी बराहस्थित हनुमान मन्दिरका पुजारी ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भन्ने कृष्णबहादुर गिरी अस्पतालबाटै पक्राउ परेको थिए  ।

पूर्वराजा ज्ञानेन्द्र शाहदेखि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, राजनीतिज्ञ तथा उच्च सुरक्षा अधिकारीसम्मै पहुँच बनाएका ‘सिद्धबाबा’ तीन लाख धरौटी बुझाएर रिहा भए । तर, सोही वर्षको माघ ९ गते उच्च अदालत विराटनगरले उनलाई पुनः पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । आदेश आउनुभन्दा केही घण्टा अघि मात्र उनी भारततर्फ फरार भए ।

६. ध्रुवबाबा जोशी
२०७६ पुस २७ ललितपुरस्थित आशा विश्वासी चर्चका पास्टर विश्वास भनिने ध्रुवबाबा जोशी बलात्कार आरोपमा पक्राउ परेका थिए । उनीमाथि ‘पास्टरसँग शारीरिक सम्बन्ध राखेमा परमेश्वरले पापबाट मुक्ति दिलाउनुहुन्छ’ भन्दै अनुयायीलाई पटकपटक करणी गरेको आरोप लागेको छ ।

उनले सोही वर्षको कात्तिकमा चापागाउँस्थित एक गेस्टहाउस र पुसमा युवतीकै कस्मेटिक पसलमा गएर करणी गरेका थिए । जोशीले ‘परमेश्वरको आदेश छ, मसँग शारीरिक सम्बन्ध राखे पापबाट मुक्ति मिल्छ’ भन्दै बारम्बार करणी गरेका थिए ।

७. विजय भण्डारी
धर्मको आडमा अपराध गर्ने अर्का ‘बाबा’ हुन्, गुल्मीका विजय भण्डारी । उनले ‘अमेरिका पठाइदिन्छु’ भनेर ठगी गरेको आरोप छ । ठगी गरेको आरोपमा निवेदन परेपछि पक्राउ पुर्जी जारी थियो । त्यसपछि भण्डारी फरार भएका थिए ।

उनले पछिल्लो समय २५ करोडभन्दा बढी रकम संकलन गर्ने योजना बनाएर चितवनमा कोटी होम चलाइरहेका थिए । तर, ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएसँगै कोटीहोम कार्यक्रम स्थगित भएको थियो ।

८. स्वामी शिवानन्द
२०७६ पुस २८ गते युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने स्वामी शिवानन्द बाबा भनिने दीपक भण्डारी पक्राउ पनि परेका थिए । उनले चार जनालाई युरोप लगिदिन्छु भन्दै ३० लाख रुपैयाँ ठगी गरेका थिए ।

९. छत्रबहादुर गुरुङ
२०७६ जेठ १४ गते बलात्कार आरोपमा इलामको रोङ गाउँपालिका–३ का धर्मगुरु छत्रबहादुर गुरुङ पक्राउ परेका थिए । उनी आफूलाई ‘छत्रबहादुर गिरी’ भनेर ७ वर्षदेखि कोटीहोममा बस्दै आएका थिए ।

साधुको भेषमा शिव मन्दिरमा बस्दै आएका उनले महिलालाई डर देखाउँदै बारम्बार बलात्कार गरेको आरोप लागेको थियो । एक सहयोगी महिलाले विभिन्न धार्मिक कार्यक्रममा जाँदा र कोटीहोममै पनि धर्मगुरु गुरुङले आफूलाई बारम्बार बलात्कार गरेको महिला अधिकारकर्मीलाई बताएका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

१०. पुरुषोत्तम काफ्ले
२०८० असार १२ गते नारी शक्तिको जागरण गराउने भन्दै करिब पाँच करोड र एक सय तोलाभन्दा बढी सुन ठगी गरेको अभियोगमा दोलखाका शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्ले पक्राउ परेका थिए ।

उनले काठमाडौँस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धेरै मुनाफाको प्रलोभन देखाउने गरेका थिए ।

११. गोविन्द रिन्बोचे
२०७६ फागुन २२ गते किशोरीमाथि यौन दुराचार गरेको आरोपमा बौद्ध धर्मगुरु अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे पक्राउ परेका थिए ।

उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट पक्राउ गरेको थियो । उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

१२. धर्मगुरु मौलवी
२०७७ मंसिर ११ गते झारफुकको नाममा बलात्कार गरेको आरोपमा सिरहाको लहानबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) पक्राउ परेका थिए । लहान– ७ का मुस्लिम युवती समान्य बिरामी परेपछि आफ्नो जातीय धर्मगुरुसँग झारफुक गराउन मौलवीका डेरामा पुगेका थिए । मौलवीले झारफुकको नाममा बलात्कार गरेको भन्दै उनी प्रहरीमा पुगेका थिए ।

माथि उल्लेखित घटना त धार्मिक आवरणमा हुने गरेका अपराधका केही उदाहरण मात्र हुन् । प्रहरीको अपराध अभिलेखअनुसार अन्य थुप्रै घटनामा मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलगायत व्यक्ति हत्या, बलात्कार, ठगीजस्ता अपराधमा जघन्य तथा आर्थिक अपराधसँग जोडिएका छन् ।

बारम्बार यस्ता घटना दोहोरिएपछि केही अनुयायी बाध्य भएर कथित धर्मगुरुका अपराधविरुद्ध प्रहरीमा पुग्ने गरेका छन् । पीडकहरूको पहुँच र प्रभाव शक्तिकेन्द्रसम्म जोडिने गरेको पनि देखिन्छ । धर्मको खोल ओढेर जघन्य अपराध गर्ने कथित धर्मगुरुलाई दण्डित गर्नैपर्छ । यसका साथसाथै कुनै पनि धर्मले दुर्व्यवहार गर, अपराध गर भन्दैन र गेरु वस्त्रधारी सबै धर्मगुरु होइनन् भन्ने आमनागरिकमा सचेतना फैलाउनु आवश्यक देखिन्छ

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते