होमपेज > बुढानिलकण्ठका सब–इन्जिनियरसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

बुढानिलकण्ठका सब–इन्जिनियरसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

बिज्ञापन
बिज्ञापन

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका तत्कालीन सब–इन्जिनियर टीकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज मंगलबार दुई जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । अख्तियारको टोलीले मंसिर १४ गते टिकाराज राईलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत उनले सेवाग्राहीसँग घुस लिएको प्रवक्ता थपलियाले बताए ।

बिज्ञापन

घुस माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा टीकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारले आपसी मिलेमतोमा घुस लिएको अख्तियारको दाबी छ । अख्तियारले सब इन्जिनियर टीकाराज राईलाई घुस रकम ८० हजार बिगो कायम गरी त्यस बमोजिमको जरिवाना र चार महिनादेखि ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ ।

यस्तै यसमा टीकाराजलाई अख्तियारले मुख्य अभियुक्त बनाए पनि रामचन्द्रलाई मतियारको रूपमा सजाय मागदाबी गरेको छ । उनलाई राष्ट्र सेवकलाई दिइने सजायको आधा सजाय दिन अख्तियारले मागदाबी गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते