नेपाली बजारमा आज साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिज्ञापन
छापावाल सुन तोलाको एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
बिज्ञापन
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








