आज सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विवाहको सिजनमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
कारोबारको अघिल्लो दिन अर्थात आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो त्यस्तै, चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको हो ।








