होमपेज > १२ करोड ४४ लाख गैरकानुनी सम्पति आर्जन मुद्दा लागेका लम्बोदरलाई २५ लाख धरौटी

१२ करोड ४४ लाख गैरकानुनी सम्पति आर्जन मुद्दा लागेका लम्बोदरलाई २५ लाख धरौटी

बिज्ञापन
बिज्ञापन

विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा लागेका लम्बोदरकुमार न्यौपानेलाई २५ लाख रुपैयाँ धरौटी लिएर थुनामा जान नपर्ने आदेश गरेको छ । न्यायाधीशहरू यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले धरौटी बुझाएर थुना बाहिरै बसेर मुद्दा लड्न पाउने सोमबार आदेश गरेको हो ।

बिज्ञापन

न्यौपानेले सोमबार नै २५ लाख रुपैयाँ नगद बुझाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । ‘उपस्थित हुने निवेदनमा धरौटीको आदेश भएको हो’ उनले भने । लम्बोदरविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ २७ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनको त्यो मुद्दा सम्पत्ति शुद्धीकरणसँग जोडिएको भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसँग सम्बन्धित विषयको हो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैर कानुनी रुपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप छ ।

बिज्ञापन

सम्पत्ति शुद्धीकरण विभागले गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदरसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता गरेको दुई वर्षपछि बल्ल धरौटी खुलेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरेको हो। न्यौपानेसहित रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, हरिप्रसाद पाण्डे, प्रेमकुमारी केसी, इल्या दीक्षित भट्टराई, उषा न्यौपाने, इन्दिरा उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते