होमपेज > १० महिनामा भित्रिए आठ लाख पर्यटक

१० महिनामा भित्रिए आठ लाख पर्यटक

बिज्ञापन
बिज्ञापन

अघिल्लो वर्षको तुलनामा सन् २०२३ को पहिलो १० महिनामा झण्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा आठ लाख ९ हजार ६७८ पर्यटक नेपाल भित्रिएका छन् ।

बिज्ञापन

अघिल्लो वर्ष सन् २०२२ को पहिलो १० महिनामा चार लाख ७३ हजार ५६३ पर्यटक भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो १० महिनामा तीन लाख ३६ हजार ११५ जना बढी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।सन् २०१९ पछि सबैभन्दा बढी पर्यटक यस वर्ष नेपाल भित्रिएका छन् ।

बिज्ञापन

बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा मात्र नेपालमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगष्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०१९ को अन्तमा चीनबाट कोरोना भाइरस विश्वभर फैलिएपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा ठूलो गिरावट आएको थियो । नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा नै भित्रिएका थिए । उक्त वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए ।

बिज्ञापन

कोरोना महामारी नियन्त्रण गर्न विश्वका अधिकांश देशले लकडाउनको सहारा लिएपछि नेपाल आउने पर्यटकको संख्या घटेको थियो । कोरोना माहामारी सुरु भएपछि यस वर्ष सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखाउँछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते