होमपेज > बैंकहरुको पहिलो त्रैमासको वित्तिय विवरणः सबैभन्दा धेरै नाफा कमाउनेमा कुन बैंक?

बैंकहरुको पहिलो त्रैमासको वित्तिय विवरणः सबैभन्दा धेरै नाफा कमाउनेमा कुन बैंक?

बिज्ञापन
बिज्ञापन

हाल संचालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा धेरै बैंकले नाफा घटेको विवरण सार्वजनिक गरेका छन् भने केही बैंकले बढाएका छन्।

बिज्ञापन

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। मेगा बैंक र इन्भेष्टमेन्ट गाभिएपछि खुद नाफामा नम्बर १ बन्न सफल भएको छ। बैंकले ३ महिनामा १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बिज्ञापन

यस्तै नबिल बैंक १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा देखिएको छ भने ग्लोबल आइएमई बैंक १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएर तेस्रो स्थानमा रहेको छ। यस अवधिमा सरकारी स्वमित्व रहेको कृषि विकास बैंक भने घाटामा नै देखिएको छ। कृषि विकास बैंक पहिलो त्रैमासमा १ अर्ब २१ करोड रुपैयाँले घाटामा रहेको देखिन्छ।

यसैगरी सिद्धार्थ बैंकको नाफा सबैभन्दा कम ४२ करोड ८६ लाख रुपैयाँ रहेको छ भने लक्ष्मी सनराइज बैंकको १ अर्ब ३ करोड रहेको छ।

बिज्ञापन

पहिलो त्रैमासमा एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै ४ अर्ब ५२ करोड रुपैयाँ देखिएको छ। यसैगरी, नबिल बैंकको ३ अर्ब ३२ करोड, ग्लोबल आइएमई बैंकको ३ अर्ब ३२ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ अर्ब १४ करोड रुपैयाँ छ।

विवरण अनुसार कुमारी बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा नकारात्मक छ।

समिक्षा अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ४ अर्ब ८० करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने नबिल बैंकले ४ अर्ब १७ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।

समिक्षा अवधिमा सञ्चालन आम्दानीमा भने ग्लोबल आइएमई बैंक अगाडि छ । बैंकले ३ महिनामा ५ अर्ब ७० करोड सञ्चालन आम्दानी गरेको छ। यस्तै नबिल बैंकले पनि ५ अर्ब ११ करोड सञ्चालन आम्दानी गरेको छ।

यस अवधिमा ग्लोबल आइएमई बैंक चुक्ता पूँजीमा सबैभन्दा अगाडि देखिएको छ। हाल बैंकको कुल चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने नबिल बैंकको २७ अर्ब ५ करोड रुपैयाँ छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूँजी सबैभन्दा कम ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको जगेडामा ३८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने माछापुच्छ्रे बैंकको जगेडामा सबैभन्दा कम ४ अर्ब ९१ करोड रुपैयाँ छ। समिक्षा अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ३४ रुपैयाँ ४१ पैसा रहेको छ भने एभरेष्ट बैंकको २९ रुपैयाँ १९ पैसा, प्राइम कमर्शियल बैंकको २३ रुपैयाँमा ७३ पैसा र राष्ट्रिय वाणिज्य बैंकको २१ रुपैयाँ ९९ पैसा रहेको छ।

कृषि विकास बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँले ऋणात्मक छ भने सिद्धार्थ र लक्ष्मी सनराइज बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ मात्र छ। त्यस्तै, नेपाल बैंकको प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै २४८ रुपैयाँ छ भने एभरेष्ट बैंकको २४२ रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २२१ रुपैयाँ रहेको छ।

निक्षेप संकलन र कर्जा लगानीमा पनि ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले पहिलो त्रैमाससम्ममा ४ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो।

त्यसैगरी, नबिल बैंकले ४ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने एनआइसी एशिया बैंकले ३ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब कर्जा लगानी गरेको छ। समिक्षा अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम १ खर्ब १९ अर्ब निक्षेप संकलन गरी ७९ अर्ब कर्जा लगानी गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते