होमपेज > ग्लोबल आइएमई बैंकको नाफा ३.०४ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता?

ग्लोबल आइएमई बैंकको नाफा ३.०४ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता?

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । ग्लोबल आइएमई बैंक देशमा उत्पन्न आर्थिक संकटको बीचमा समेत मुनाफामा बृद्धि गर्दै अघि बढ्न सफल भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०४ प्रतिशतले मुनाफा बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

बिज्ञापन

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४९.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.१९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४७.३५ प्रतिशत र सञ्चालन मुनाफा ६.४२ प्रतिशत बढेको देखिएको छ । बैंकको निष्क्रिय कर्जा २.१ प्रतिशतबाट बढेर ४.३८ प्रतिशत पुगेको छ भने इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

बिज्ञापन

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ २९ पैसा घटेर १३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसा रहेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको वित्तीय विवरणमा देखिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते