होमपेज > व्यापारीले भनेकै मूल्यमा धान बिक्री गर्न बाध्य कैलालीका किसान

व्यापारीले भनेकै मूल्यमा धान बिक्री गर्न बाध्य कैलालीका किसान

बिज्ञापन
बिज्ञापन

कैलालीका किसानले धान बिक्री शुरु गरेका छन्। खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ।

बिज्ञापन

‘सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्। हाम्रो बिक्री गर्नुपर्ने बाध्यता छ’, किसान हरिमाया चौधरीले भने, ‘दशैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गरिहाल्लनुपर्ने भयो। त्यसैले धेरै घाटा भयो।’ ​हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन्।

बिज्ञापन

कैलालीमा नेपाल खाद्य संस्थानले भने यही कात्तिक अर्को साताबाट धान खरिद गर्ने बताएको छ। कात्तिक तेस्रो साताबाट धान खरिदको तयारी भइरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख एन्जिला बस्नेतले बताइन्। ‘अर्को हप्ताबाट शुरु गर्ने तयारी छ। टीकापुर र धनगढीमा खरिद गर्ने हो’, उनले भनिन्, ‘नागरिकको गोदाम भाडामा लिएर खरिद गर्दा समस्या हुन्छ। त्यसैले गोदाम भएका ठाउँबाटै खरिद गर्ने तयारी छ।’

संस्थानले यो वर्ष कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने भएको छ। टीकापुर र धनगढीबाट पहिलो चरणमा धान खरिद गर्ने तयारी भएको उनले बताइन्। ‘किसानका धान सहजरूपमा खरिदका लागि धान मौज्दात राख्न गोदाम भएका स्थानबाटै खरिद गर्ने तयारी छ’, उनी भन्छन्, ‘हामीले सरकारले तोकेकै मूल्यमा खरिद गर्छौँ।’

बिज्ञापन

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। सरकारले मोटा धान प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानप्रति क्विन्टल तीन हजार ३६२ न्यूनतम समर्थन मूल्य तोकेको छ। संस्थानले सरकारले तोकेको मूल्यमा धान गरिद गर्ने गरेता पनि समयमा सरकारी काँटा नलगाउँदा धेरै किसानले सस्तो दरमा गल्ला तथा स्थानीय व्यापारीकहाँ बेच्नुपर्ने बाध्यता छ।

ढिलो खरिद शुरु गरे पनि संस्थानले खरिद गर्ने स्थानमा किसानलाई धेरै सास्तीसँगै हप्ता दिनसम्म बसेर बेच्नुपर्ने भएकाले समयमा सहजरूपमा धान खरिद गर्ने वातावरण मिलाउन आवश्यक रहेको किसानको माग छ। ‘निश्चित कोटा र ढिलो खरिद शुरु हुन्छ, किसानको उत्पादन धेरै हुन्छ, त्यसैले बिक्रीस्थलमा ठूलो भीड लाग्छ’, किसान दीपक चौधरीले भने ‘त्यसैले पनि किसानले उचित मूल्य पाउन सकेका छैनन्, पालो कुर्नुभन्दा व्यापारीकहाँ कम मूल्यमै बिक्री गर्ने गरेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते