होमपेज > नेपाल एयरलाइन्सद्वारा ५३ करोड ९ लाख ऋण भुक्तानी

नेपाल एयरलाइन्सद्वारा ५३ करोड ९ लाख ऋण भुक्तानी

बिज्ञापन
बिज्ञापन

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋण भुक्तानी गरेको छ । एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको आश्विन महिनाको

बिज्ञापन

किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी मंगलबार जम्मा त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ रकम भुक्तानी गरेको हो । यस अघि निगमले २०७९ आषाढ देखि २०८० आषाढ सम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् व्यापार विस्तार तथा आम्दानी विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

नगद प्रवाहमा सुधार भए पश्चात् प्रमुख इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायहरूमा रहेका पुराना बक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको निगमको भनाइ छ । यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्य योजना समेत अन्तिम चरणमा पुगेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने, पर्यटन प्रवर्द्धन हुने, भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको उनको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते