होमपेज > वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन घट्दै

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन घट्दै

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व सङ्कलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व सङ्कलन गरेको जनाएको छ ।

बिज्ञापन

चालु आवको साउनका लागि भन्सार विभागले रू १५ अर्ब ६२ करोड ३७ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा रू तीन अर्ब ७५ करोड ३२ लाख कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । उनका अनुसार भदौका लागि विभागले रू १९ अर्ब ३८ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकामा रू १२ अर्ब ७१ करोड मात्र सङ्कलन भएको छ ।

बिज्ञापन

भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट सङ्कलन हुने राजस्व घट्दै गएको ढकालले बताए । उनले मुख्य २० वस्तुबाट सङ्कलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम सङ्कलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको बताए ।

वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिए । उनले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट सङ्कलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट सङ्कलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते