होमपेज > १९ वर्षको उमेरमै लोकसेवाका ७ परिक्षा उत्तीर्ण गर्ने गुल्मीका अनिष गिरी

१९ वर्षको उमेरमै लोकसेवाका ७ परिक्षा उत्तीर्ण गर्ने गुल्मीका अनिष गिरी

बिज्ञापन
बिज्ञापन

गुल्मीका अनिष गिरीले १९ वर्षको उमेरमै लोकसेवाका सात परिक्षा उत्तीर्ण गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका अनिष गिरीले १८ वर्ष पुगेपछि दिएका सात वटै परिक्षा सफलतापुर्वक उत्तीर्ण गरेका हुन् ।

बिज्ञापन

गत असारमा मात्र १९ वर्ष पुगेका गिरीले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको प्रशासनतर्फ वरिष्ठ सहायक पाँचौ तह, लेखातर्फ वरिष्ठ लेखा सहायक पाँचौ तह, नेपाल वायुसेवा निगमको लेखातर्फ पाँचौ तह, लुम्बिनी प्रदेश निजामतीकाे प्रशासनतर्फ सहायकस्तर पाँचौ तह, लुम्बिनी प्रदेशबाट स्थानीय तहतर्फ सहायक पाँचौ तह प्रशासन, लेखातर्फ लेखा सहायक पाँचौ तह र आन्तरिक लेखा परिक्षण तर्फ आलेप सहायक पाँचौ तहमा उत्तीर्ण भएका हुन् ।

बिज्ञापन

गिरी हाल नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडकाे भैरहवा शाखामा बरिस्ठ लेखा सहायक पदमा कार्यरत छन् । उनले उमेर पुगेपछि सम्भवतः सबैभन्दा छाेटाे समयमा लाेकसेवाले लिएकाे नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा नाम निकालेका थिए । सानै उमेरमा सफल भइरहेका अनिष गिरीले आफूले गरेको मेहनतले सार्थकता पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

परिवारबाटै लाेकसेवामा प्रेरित भएका गिरी छाेटाे समयमै धेरै परिक्षामा सफल हुँदा हर्षित भएको बताए । उनी भन्छन् ‘मुख्यतः पारिवारिक हौसला नै हो अनि अर्को युवाको हैसियतले केही गर्नुपर्ने हुँदा यतातिर लाग्दा देश तथा आफूलाई पनि हित हुने भएकाले आकर्षण रह्यो ।त्यसपछि गुल्मीको माहाेल नै लोकसेवामय हुँदा थप केही भन्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

बिज्ञापन

गिरीको परिवारमा दाजु मनिष गिरी निजामती सेवामा छन् । बुबा धनु गिरी स्थायी शिक्षक हुन् । उनी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते