होमपेज > उच्च अंकले बढ्यो सेयर बजार, तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि उक्लियो

उच्च अंकले बढ्यो सेयर बजार, तीन सातापछि सेयर बजार २ हजार विन्दुमाथि उक्लियो

बिज्ञापन
बिज्ञापन

बुधबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ । मंगलबार १९६७.५७ को बिन्दुमा बन्द भएको नेप्से बुधबार २ प्रतिशतले बढेको हो ।

बिज्ञापन

७ भदौमा २०१३.९३ को विन्दुमा बन्द भएको नेप्से ८ भदौमा २ हजारको विन्दुबाट तल झरेर गत बिहीबार १९३२.४५ को विन्दुमा बन्द भएको थियो । यो सातको आइतबार र सोमबार लगातार बढेको नेप्से मंगलबार १९.४२ अंकले घटेको थियो । तर, बुधबार पुनः बढ्दा नेप्से २ हजार भन्दा माथि पुगेर बन्द भएको छ । लगातार घट्दो क्रममा रहेको हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढ्दा बुधबार समग्र बजारमा नै सकारात्मक प्रभाव देखिएको हो । बुधबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.६२ प्रतिशत र वित्त कम्पनी उपसूचक ३.२० प्रतिशत बढेको छ ।

बिज्ञापन

नेप्सेसँगै बुधबार कारोबार रकम पनि बढेको छ । सोमबार डेढ अर्ब नाघेको कारोबार रकम मंगलबार घटेर करिब १ अर्ब नजिक झरेको थियो । बुधबार पुनः बढेर १ अर्ब ४९ करोड ५५ लाखको कारोबार भएको छ । ३६ हजार ४५ वटा कारोबारमा ५१ लाख ४४ हजार ७२४ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ७ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सोल्टी होटलको ६ करोड ७१ लाख र एभरेष्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२८ सूचीकृत कम्पनीका सेयर कारोबार हुँदा २१३ कम्पनीको मूल्य बढेको छ । यस्तै ११ कम्पनीको मूल्य घटेको छ । धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । बुधबार कारोबार भएकामध्ये बरुण हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत र शुभम् पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतल बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै समता घरेलु लघुवित्तको सेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो ।

बिज्ञापन

यता थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतले गिरावट हुँदा सिटिजन्स मयुचुअल फण्ड २ को इकाइमूल्य ३.८० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.२१ प्रतिशतले गिरावट भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते