होमपेज > नेपाल लाइफद्वारा ६७ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन, प्रतिशेयर आम्दानी कति?

नेपाल लाइफद्वारा ६७ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन, प्रतिशेयर आम्दानी कति?

बिज्ञापन
बिज्ञापन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ६७ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ खुद नोक्सानीमा थियो ।

बिज्ञापन

कम्पनीको जीवन बीमा कोष १९ दशमलव ७६ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब रुपैयाँ थियो ।

बिज्ञापन

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ४ दशमलव ६९ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ३६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड थियो ।

जगेडा कोष १२५ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २८ करोड ८३ लाख रहेको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६४ करोड ९७ लाख पुगेको छ ।

बिज्ञापन

कम्पनीले गत आर्थिक वर्ष १५ अर्ब ४३ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । कम्पनीले अझै १ अर्ब ३८ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ८ अर्ब २० करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते