होमपेज > घट्यो टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य

घट्यो टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य

बिज्ञापन
बिज्ञापन

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारीक वितरक सिप्रदीले टाटाका जेन्युइन पार्टसको मूल्य समायोजन गरेको छ । ग्राहकवर्गको चाहना र अपेक्षालाई मध्यनजर गरेर मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

हाल विद्यमान प्रतिकूल परिस्थितिका कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।

बिज्ञापन

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवी तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिङको फाइदा उठाउन सक्नेछन् ।

समायोजित मूल्य साउनदेखि नेपालभर रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क–सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागू भएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मी. सम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको छ । अन्य सेवाहरू तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते