होमपेज > गाउँपालिकाका तीन कर्मचारीविरुद्ध पाँच लाख भ्रष्टाचार आरोपमा मुद्दा

गाउँपालिकाका तीन कर्मचारीविरुद्ध पाँच लाख भ्रष्टाचार आरोपमा मुद्दा

बिज्ञापन
बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिकाका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।

बिज्ञापन

तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर जनक रोकाय र सवइन्जिनियर प्रेम बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नाग्मा पार्क उद्यान निर्माणमा कम काम गरी प्राविधिकसँग मिलि कार्य सम्पादन मूल्याङ्कन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरु मिलि बिल भरपाई बनाई अनुगमन गर्न लगाई सरकारी रकमको चरम दुरुपयोग गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

सो सम्बन्धी उजुरी उपर अनुसन्धान हुँदा कर्मचारीहरुले आव २०७५/०७६ को तिला गाउँपालिका वडा नं १ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँच गरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताव तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत दिई भुक्तानीको लागि सिफारिस गरेकोमा सोही बमोजिम भुक्तानीको टिप्पणी र आदेश भई पाँच लाख ४५ हजार ४१९ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

अख्तियारले हरिश्चन्द्र नेपाली सार्की, जनक रोकाय र प्रेमबहादुर बस्नेतलाई भ्रष्टाचार गरेको रकम बराबर बिगो कायम गरी सोही बिगो बमोजिम जरिबाना मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते