होमपेज > निजीकरण गरिएका सरकारी कम्पनीमध्ये आठ नाफामा, चार घाटामा र छ बन्द

निजीकरण गरिएका सरकारी कम्पनीमध्ये आठ नाफामा, चार घाटामा र छ बन्द

बिज्ञापन
बिज्ञापन

निजीकरणमा गएका सार्वजनिक संस्थानमध्ये हाल आठ नाफामा, चार घाटामा र छ बन्द अवस्थामा छन् । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा निजीकरण गरिएका १८ सार्वजनिक संस्थानमध्ये आठ वटा नाफामा र चार घाटामा सञ्चालित छन् ।

बिज्ञापन

छ वटा सार्वजनिक संस्थान बन्द अवस्थामा छन् । निजीकरण गरिएको सार्वजनिक संस्थानको निजीकरण प्रक्रिया फरक फरक छ । शेयर बिक्री प्रक्रियाबाट निजीकरण गरिएका ११ सार्वजनिक संस्थानमध्ये तीन वटा बन्द छन् भने आठ सञ्चालन भइरहेका छन् ।

बिज्ञापन

निजीकरण गरिएका नेपाल बिटुमिन तथा ब्यारेल उद्योग, नेपाल ल्युब आयल, नेपाल ढलौट उद्योग लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल चिया विकास निगम, बुटवल पावर कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, भक्तपुर इँट्टा टायल कारखाना नाफामा सञ्चालन भइरहेका छन् ।

श्री रघुपति जुट मिल, लुम्बिनी चिनी कारखाना, नेपाल रोजिन एण्ड टर्पेन्टाइन लिमिटेड र विराटनगर जुट मिल घाटामा सञ्चालनमा छन् । भृकुटी कागज कारखाना, हरिसिद्धि इँट्टा टायल कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, चलचित्र विकास कम्पनी लिमिटेड, बालाजु कपडा उद्योग, काँचो छाला सङ्कलन तथा बिक्री केन्द्र बन्द हाल अवस्थामा छन् ।

बिज्ञापन

नेपाल जुट विकास तथा व्यापार कम्पनी, कृषि आयोजना सेवा केन्द्र, सुर्ती विकास कम्पनी, हिमाल सिमेन्ट उद्योग लिमिटेड, घरेलु शिल्पकला बिक्री भण्डार, नेपाल कोल लिमिटेड, हेटौँडा कपडा उद्योग, वीरजगञ्ज चिनी कारखाना, नेपाल यातायात संस्थान, कृषि चुन उद्योग लिमिटेड, नेपाल ड्रिलिङ कम्पनी विभन्न समयमा खारेज भएर बन्द भइसकेका छन् ।

समीक्षा प्रतिवेदनअनुसार सरकारको लगानी रहेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुई वटाको कारोबार शून्य देखिएको छ । सरकारको लगानी रहेका सार्वजनिक संस्थानमा हाल प्रत्यक्षरूपमा २९ हजार सात सय ३६ जनाले रोजगारी पाएका छन् ।

सरकारी सार्वजनिक संस्थानको चुक्ता पूँजी रु तीन खर्ब ७२ अर्ब ५५ करोड ४१ लाख पुगेको छ । गत वर्ष संस्थानको सञ्चित नाफामा ४२ दशमलव ९० प्रतिशतले कमी आई रु ५२ अर्ब ४० करोड ७८ लाख पुगेको छ । सार्वजनिक संस्थानको खुदस्थिर सम्पत्ति रु सात खर्ब ९९ अर्ब ८४ करोड १३ लाख र कूल सम्पत्ति रु २३ खर्ब ७४ अर्ब १७ करोड ४० लाख बराबर रहेको छ ।
यस्ता संस्थानहरूले गत आर्थिक वर्ष २०७८/७९ मा सरकारको सञ्चित कोषमा कूल रु १४ अर्ब ३८ करोड १२ लाख आयकर दाखिला गरेका थिए । गत आर्थिक वर्ष सरकारले प्राप्त गरेको कूल आयकरमा संस्थानको योगदान पाँच दशमलव ५९ प्रतिशत बराबर हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते