होमपेज > नेप्से १७ अंकले बढ्यो, ८८ करोडको कारोबार

नेप्से १७ अंकले बढ्यो, ८८ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

साताको तेस्रो दिन आज (मंगलबार) नेप्से परिसूचक १७.३६ अंकले वृद्धि भएको छ । गत कारोबार दिन सोमबार झिनो अंकले वृद्धि भएको नेप्से आज ०.९२ प्रतिशतले वृद्धि भएर १९०५.६८ विन्दुमा रोकिएको हो । आज ८८ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । बजार अन्तिम समयमा आएर एक्कासी वृद्धि भएको छ । अन्तिम दुई मिनेटमा नेप्से तीन अंक वृद्धि भएको हो ।

बिज्ञापन

आज कारोबारमा आएका २६४ धितोपत्रको २७ लाख ५७० कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तारागाउँ रेजेन्सी होटेल लिमिटेडको सेयर मूल्य आठ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ वृद्धि भएर ५४० रुपैयाँ कायम भएको छ ।

बिज्ञापन

त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि ७.८५ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ९२७.५० कायम भएको छ । आज शिवम् सिमेन्ट लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको सात करोड ९१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा अएका १३ परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । यो म्युचुअल फण्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूहको परिसूचक १.९२ प्रतिशतले वृद्धि भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते