होमपेज > विश्वकपमा नेपाल, ओमानलाई हराउँदै अपराजित यात्रा कायम

विश्वकपमा नेपाल, ओमानलाई हराउँदै अपराजित यात्रा कायम

बिज्ञापन
बिज्ञापन

नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ चरणमा ओमानविरुद्ध ३८ रनको सानदार जित निकाल्दै उपाधितर्फ महत्वपूर्ण पाइला अघि सारेको छ। बुधबार सम्पन्न खेलमा नेपालले ओमानलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो।

बिज्ञापन

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन मात्रै बनाउन सक्यो। ओमानका विनायक शुक्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए भने मोहम्मद नदीमले २५ रन जोडे। नेपालका गुल्शन झाले प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। यस्तै, सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले १ विकेट लिए।

बिज्ञापन

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित ६९ रन बनाएर इनिङ्सको आधार तयार गरेका थिए। भुर्तेलको यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट करिअरको १३औँ अर्धशतक हो। अर्का ओपनर आसिफ शेखले २४ रन बनाउँदै साथ दिएका थिए। गुल्शन झाले २ छक्का प्रहारसहित १८ तथा आदिल आलमले १६ रनको योगदान गरे।

ओमानका बलर नदीम खानले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। सुफयान मेहमुद र जितेन रमानन्दीले २–२ विकेट लिए। यो जितसँगै नेपाल सुपर–६ मा ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकसहित दोस्रो स्थानमा छ। नेपालले यसअघि यूएईलाई १ रनले, कतारलाई ५ रनले, र समूह चरणमा जापान तथा कुवेतलाई क्रमशः ५ विकेट र ५८ रनले हराएको थियो।

बिज्ञापन

नेपाल र ओमान दुवै टोलीले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपका लागि क्वालिफाइ गरिसकेका छन्। नेपालले समग्रमा तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो। यसअघि नेपाल सन् २०१४ र २०२० को टी–२० विश्वकपमा सहभागी भइसकेको छ।

नेपालले अब सुपर–६ को अन्तिम खेलमा शुक्रबार समोआसँग प्रतिस्पर्धा गर्नेछ।

टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने निश्चित

नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रोपटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई)ले बुधबार साओमविरुद्ध ७७ रनको जित निकालेसँगै नेपाल र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गरेका हुन् ।

हालसम्म दुईपटक विश्वकपमा प्रतिस्पर्धा
नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । त्यसबेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो । २०१४ पछि विभिन्न उतार–चढाव पार गरेको नेपाली टिमले १० वर्षपछि मात्रै फेरि टी–२० संरचनाको विश्वकपमा स्थान बनायो ।

नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व वर्तमान कप्तान रोहितकुमार पौडेलले नै सम्हालेका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते