होमपेज > दुई महिनामै निर्यातमा ८८.६ प्रतिशत वृद्धि, व्यापार घाटा ८.६ प्रतिशतले बढ्यो

दुई महिनामै निर्यातमा ८८.६ प्रतिशत वृद्धि, व्यापार घाटा ८.६ प्रतिशतले बढ्यो

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ५.१ प्रतिशतले गिरावट आएको थियो। यस वर्षको सुरुवाती दुई महिनामा भने निर्यातमा उल्लेखनीय सुधार देखिएको हो।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार भारततर्फको निर्यात १३९.९ प्रतिशत, र अन्य मुलुकतर्फको निर्यात ०.४ प्रतिशतले वृद्धि भएको छ। तर, चीनतर्फको निर्यात ५८.५ प्रतिशतले घटेको छ। भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची र चाउचाउ निर्यातमा वृद्धि भएको छ। त्यस्तै, जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिनाका वस्तुको निर्यातमा गिरावट आएको छ। समीक्षा अवधिमा कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर ३०५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा १.१ प्रतिशतले मात्र वृद्धि भएको थियो।

बिज्ञापन

देशवार हेर्दा भारतबाटको आयात ८ प्रतिशत, चीनबाट २५.१ प्रतिशत, र अन्य मुलुकबाट ३३.४ प्रतिशतले बढेको छ। वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, सवारी साधन, स्पेयर पार्ट्स, हवाइजहाजका पार्ट्स र दूरसञ्चार उपकरणको आयात बढेको छ भने हट रोल्ड सिट, खाने तेल, तयारी पोसाक, तेलहन र लसुनको आयात घटेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते