नेपाली बजारमा आजपनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो।
बिज्ञापन
आज बुधबार कारोबार मूल्य प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार ७ सय रुपैयाँ पुगेको छ।
बिज्ञापन
अघिल्लो दिनका तुलनामा तोलामा २० रुपैयाँ बढेर बुधबारको कारोबार मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ कायम भएको हो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३७७३.३९ डलरले कारोबार भइरहेको छ। चाँदी पनि उच्च हुँदै प्रति औंस ४४.१७ डलर पुगेको छ।








