होमपेज > कालिन्चोक इन्भेष्टमेन्टको शेयर निष्काशनमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक नियुक्त

कालिन्चोक इन्भेष्टमेन्टको शेयर निष्काशनमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक नियुक्त

बिज्ञापन
बिज्ञापन

कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशनको तयारी थालेको छ। धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र निर्देशनअनुसार कम्पनीले निकट भविष्यमै नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी शेयर निष्काशन प्रक्रिया अघि बढाउने भएको हो।

बिज्ञापन

यस प्रक्रियाका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। आज भएको सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

बिज्ञापन

कम्पनीको जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ, जसको ३० प्रतिशत सर्वसाधारणलाई निष्काशन गरिनेछ। बाँकी ७० प्रतिशत पूँजी हाल धितोपत्र बोर्डको लगानी कम्पनीसम्बन्धी निर्देशनअनुसार विभिन्न पर्यटन अन्तर्गतका केबलकार कम्पनी, ऊर्जा कम्पनी, तथा कृषि उत्पादन क्षेत्रमा लगानी हुँदै आएको छ।

कालिन्चोक इन्भेष्टमेन्टको सार्वजनिक निष्काशनले पर्यटन र पूर्वाधार विकासमा थप लगानी भित्र्याउने विश्वास गरिएको छ। कम्पनीले सर्वसाधारणलाई समेटेर सहलगानीको माध्यमबाट दीर्घकालीन प्रतिफल दिने योजना बनाएको जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते