होमपेज > अमेरिकाले खारेज गर्‍यो टीपीएस सुविधा, ७ हजार नेपालीलाई स्वदेश फर्कनुपर्ने बाध्यता !

अमेरिकाले खारेज गर्‍यो टीपीएस सुविधा, ७ हजार नेपालीलाई स्वदेश फर्कनुपर्ने बाध्यता !

बिज्ञापन
बिज्ञापन

अमेरिकाले नेपाली नागरिकलाई प्रदान गरेको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकी सङ्घीय पुनरावेदन अदालतले पूर्वराष्ट्रपति ट्रम्प प्रशासनको पक्षमा फैसला गरेसँगै यो निर्णय अगाडि बढ्ने भएको हो ।

बिज्ञापन

यसले अमेरिकामा टीपीएस सुविधामार्फत बसोबास गरिरहेका करिब ७,००० नेपालीलाई स्वदेश फर्कनुपर्ने बाध्यता सिर्जना भएको छ । सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिकी सरकारले कागजातविहीन नेपालीलाई टीपीएस सुविधा प्रदान गरेको थियो । त्यतिबेला झन्डै १५,००० नेपालीले यो सुविधा लिएको अनुमान छ ।

बिज्ञापन

ट्रम्प प्रशासनले आप्रवासी र गैरकानुनी बसोबासप्रति कडा नीति अवलम्बन गर्दै नेपाल, होन्डुरस र निकारागुआका नागरिकको टीपीएस सुविधा खारेज गर्ने निर्णय गरेको थियो । नेपालको हकमा अगस्ट ५ र अन्य देशका लागि सेप्टेम्बरबाट यो सुविधा अन्त्य हुने घोषणा भएको थियो । यो निर्णयविरुद्ध नेशनल टीपीएस एलायन्स र केही नेपालीले अदालतमा मुद्दा दायर गरेका थिए ।

गत महिना तल्लो अदालतले टीपीएस खारेजीको निर्णयलाई नोभेम्बर १८ सम्म स्थगित गर्न आदेश दिएको थियो । तर, पुनरावेदन अदालतले बुधवार उक्त फैसला उल्टाएपछि टीपीएस खारेजीको बाटो खुलेको हो ।

बिज्ञापन

टेम्पोररी प्रोटेक्टेड स्टाटस अमेरिकी आप्रवासन प्रणालीअन्तर्गत विशेष परिस्थितिमा दिइने अस्थायी सुविधा हो । यो सुविधा पाउने देशका नागरिकले अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ अन्तरदेशीय यात्रा गर्न अनुमति पाउँछन् । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले यो कार्यक्रम सञ्चालन गर्छ । यो सुविधा युद्ध, प्राकृतिक विपद् वा गम्भीर मानवीय सङ्कटका कारण आफ्नो देशमा सुरक्षित बस्न नसक्ने नागरिकलाई दिइन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते