होमपेज > नाडा अटो शो–२०२५ : सेरेसको विशेष ३एक्स अफर सार्वजनिक

नाडा अटो शो–२०२५ : सेरेसको विशेष ३एक्स अफर सार्वजनिक

बिज्ञापन
बिज्ञापन

मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२५ मा सेरेसले विशेष ३एक्स अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार प्रदर्शनी अवधिभर (भदौ ८ गतेसम्म) लागु हुने यो अफरले ग्राहकलाई बढी मूल्य र निश्चितता दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ । अफरमार्फत सेरेसको स्वामित्व अझ सजिलो र लाभदायी हुने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

कम्पनीका अनुसार सेरेसको ३एक्स अफर अन्तर्गत मुख्यतः ३ फाइदाहरु समेटिएका छन् । जसअन्तर्गत पहिलो अफरमा तीन वर्षसम्मको सम्पूर्ण बिमा कभरेज रहेको छ । त्यसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

बिज्ञापन

त्यस्तै दोस्रोमा खरिदमा तीन गुणासम्मको नगद छुट, जसले गाडीलाई अझ किफायती बनाउँछ र तेस्रो, बुकिङ रकमलाई तीन गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिने कम्पनीको दाबी रहेको छ । यसमार्फत ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।

सेरेसले नाडा अटो शोमा एसयूभी ‘सेरेस ३’ प्रस्तुत गरिएको छ, जसमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनलाई प्राथमिकता दिइएको छ । कम्पनीका अनुसार, सेरेस ३ आजका चालकका लागि तयार गरिएको भए पनि भविष्यको मोबिलिटीको प्रतीकका रूपमा पनि प्रस्तुत गरिएको छ ।

बिज्ञापन

सेरेसले यसअघि ४,६६० मिटर उचाइमा अवस्थित लोमान्थाङसम्म पुगेर इतिहास रचेको थियो । कोरालापास हुँदै सम्पन्न यो कठिन यात्रालाई सफलतापूर्वक पार गर्ने सेरेस नेपालकै पहिलो ईभी भएको कम्पनीले जनाएको छ । यस उपलब्धिले सेरेस वास्तवमै नेपालका भौगोलिक कठिनाइका लागि बनेको हो भन्ने पुष्टि गरेको कम्पनीको दाबी छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते