होमपेज > नाडा अटो शोमा उड्ने कारको प्रदर्शनी हुने

नाडा अटो शोमा उड्ने कारको प्रदर्शनी हुने

बिज्ञापन
बिज्ञापन

यस वर्षको नाडा अटो शोमा उड्ने कार, रोबोट्स लगायत गाडी तथा पार्टहरूको प्रदर्शनी हुने भएको छ।

बिज्ञापन

बिज्ञापन

नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) को आयोजनामा आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना गरिने अटो शोको तयारीको सवालमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा नाडा अध्यक्ष करण चौधरीले यसपालिको अटो शोमा धेरै विशेषता देख्न पाइने बताएका हुन्। अध्यक्ष चौधरीका अनुसार चीनमा उत्पादित दिपलको उड्ने कार नाडा अटो शोमा राख्न थालिएको हो। भविष्य मोबिलिटी देखाउनको लागि यो कार राख्न थालिएको अध्यक्ष चौधरीले बताए। नेपालमा पहिलो पटक दिपलको आधिकारीक बिक्रेता कम्पनीले एमएडब्लु वृद्धिले उड्ने कार ल्याउन लागेको हो।

बिज्ञापन

अमेरिका, चीन, युरोप लगायतका क्षेत्रमा उड्ने कारहरूको प्रयोग हुन थालेको छ। यसपालिको नाडामा दिपलले प्रदर्शनीको लागि यो कार भित्र्याउन थालेको हो। काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिने १७औं संस्करणको नाडा अटो शोको नारा ‘गो फर मोर’ भन्ने दिइएको छ। यसपालिको नाडा एक्स्पोले दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब दिइने दाबी गरिएको छ। १२५ स्टल रहने नाडा अटो शोमा १९ ब्राण्डमा चार पांग्रे, १३ ब्राण्डका हल्का व्यवसायिक गाडी, ४ ब्राण्डका दुई पांग्रे र ३५ ब्राण्डका लुब्रिकेट, टायर ब्याट्री लगायत हुने बताइएको छ।

३ लाख वर्गफुट क्षेत्रफलमा गरिने एक्स्पो अहिलेसम्मकै ठूलो हुने दाबी नाडाको छ। नाडा अटो शोमा चार पांग्रे, दुई पांग्रे, व्यवसायिक, अटो पार्टस् र वित्तीय सेवा गरी विभाजन गरेर स्टलहरू राखिने उल्लेख छ। खल्ती आइएमई एपमार्फत टिक अग्रिम बुकिङ गर्न सकिने उल्लेख गरिएको छ। महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेक्स राखिने तथा आपतकालीन स्वास्थ्य डेक्स राखिने उल्लेख गरिएको छ। यसपालिको प्रदर्शनीमा एक लाख बढीले अवलोकन गर्ने नाडाको आकलन छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते