अविरल वर्षाका कारण कालिकोटको गगनेखोलामा पुनः पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बिज्ञापन
मंगलबार दिउँसो २ बजेदेखि गएको पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी गराएको छ । सडक अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधनबिच बाटोमै अलपत्र परेका छन् । डिभिजन कार्यालयका अनुसार, पहिरो गएको स्थानमा लगातार पानी परिरहेको र माथिबाट चट्टानसहितको लेदो खस्ने क्रम जारी छ ।
बिज्ञापन
जसका कारण तत्काल सडक खुलाउन कठिनाइ भएको पनि सडक डिभिजनले उल्लेख गरेको छ ।








