साताको कारोबारको चौथो दिन बुधबार शेयर बजार राताम्मे भएको छ ।
बिज्ञापन
आज नेप्से परिसूचक ४७.९३ अंक(१.५९ प्रतिशत) ले घटेर २९५४.१४ बिन्दुमा पुगेको छ । बुधबार १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२६ को घटेको छ ।
बिज्ञापन
आज सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकका शेयर धनीले सर्वाधिक गुमाएका छन् ।








