होमपेज > जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ: डा. भट्टराई

जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ: डा. भट्टराई

बिज्ञापन
बिज्ञापन

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बिज्ञापन

नेकपा एमाले सिन्धुलीको पाँचौँ सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको बिचार बोक्न सक्नु पर्ने बताए । जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदा अघि बढ्ने पार्टी सधैँ नयाँ हुने उनको धारणा छ । ‘जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भने ।

बिज्ञापन

नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैँ नयाँ हुने उनको भनाइ छ । जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैँ नयाँ जोस, विचार र सोचका साथ अघि बढेको भट्टराईको धारणा छ ।
एमालेले समाजलाई हानी हुने काम कहिल्यै पनि नगर्ने बताउँदै उनले एमाले गलत गर्नेलाई बचाउने पार्टी पनि नभएको स्पष्ट पारे । एमालेले जरा केन्द्रित अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुने गरी नीति बनाउने उनको धारणा छ । उनले एमालेका नेता कार्यकर्तालाई जनताबाट टाढा नबस्न निर्देशन दिए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज मनोजजंग थापाले सिन्धुलीमा पार्टीको जरा अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए । पार्टीका नेताहरूलाई अभियानमा अझ सक्रियताका साथ लाग्न उनले आग्रह गरे ।
बैठकले पार्टी सदस्यता नवीकरण र विस्तारको काममा लाग्ने बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलञ्जोर गाउँपालिकाको खनियाखर्कमा आयोजना गर्ने, चैत ३० गते नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

बिज्ञापन

जिल्ला पार्टी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्यहरू गणेशकुमार पहाडी, विषमलाल अधिकारी दनुवार, कमलजङ्ग राई, उमा कोइराला, सुवास देवकोटा, निरु दर्लामी लगायत सहभागी थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते